सरकारसँग मल, बीउ र सिँचाइको व्यवस्था गर्न अनुरोध

19
राष्ट्रियसभा बैठक काठमाडौँ, २७ साउनः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद् भवनमा मङ्गलबार बसेको राष्ट्रियसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । राष्ट्रियसभामा सासंदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । आजको बैठकको शून्य समयमा उनीहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।

सांसदहरू पूजा चौधरी, रेनु चन्द र विष्णुकुमारी सापकोटाले खडेरीले समयमा रोपाइँ गर्न नपाएका किसानलाई मल र बीउका निम्ति भौँतारिनु नपर्ने व्यवस्था सरकारबाट हुनुपर्ने बताए ।

युवा वर्गलाई स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै उनीहरूले कृषि क्षेत्र रोजगारी प्रमुख स्रोत भएकाले आधुनिक कृषि प्रणाली र व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्छ भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here