राेनाल्डाले भारतमा आएर फुटबल खेल्ने

18

काठमाडाैं । एसियाली फुटबल महासंघ (एएफसी) ले हाल तीन वटा क्लब फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ।

एएफसीले सञ्चालन गर्ने शीर्ष श्रेणीको क्लब फुटबल लिग एएफसी च्याम्पियन लिग एलिट हो। दोस्रो श्रेणीको लिग एएफसी च्याम्पियन्स लिग-२ हो भने तेस्रो श्रेणीको लिगको नाम हो एएफसी च्यालेन्ज लिग।

एएफसीले एसियाका देशहरूले सञ्चालन गर्ने लिगको स्तरको आधारमा तीन श्रेणीको लिगका लागि क्लबको छनोट गर्छ।

छनोट बाहेक एलिट लिगमा २४ क्लब, च्याम्पियन्स लिग-२ मा ३२ क्लब र च्यालेन्ज लिगमा २४ क्लबले समूह चरणमा प्रतिस्पर्धा गर्छन्। तीनै लिगको समूह चरणमा पुग्नका लागि विभिन्न क्लबले प्लेअफ समेत खेल्ने भएकाले एसियाभरका सयभन्दा बढी क्लब यी लिगमा सहभागी हुन्छन्।

यसरी एसियभरबाट सय क्लबभन्दा बढीले सहभागी जनाउने यी तिनै तहको लिगमा नेपालका क्लबको यो सिजन सहभागिता छैन। नेपालको घरेलु लिग समयमै हुन नसक्दा अखिल नेपाल फुटबल संघले कुनै पनि क्लबको प्रतिनिधित्व गराउन नसकेको हो। यसैबीच एएफसीले शुक्रबार एएफसी च्याम्पियन्स लिग-२ का लागि ३२ क्लबलाई आठ समूहमा विभाजन गरेको छ। सबै समूहमा चार चार वटा क्लब छन्।

जसमा नेपाली फुटबल प्रेमीलाई चासो लाग्ने समूह बनेको छ- समूह ‘डी’ । यो समूहमा साउदी अरेबियाको नौ पटकको प्रो लिग विजेता अल नासरसहित भारतको एफसी गोआ, इराकको अल ज्वारा एससी र ताजिकिस्तानको एफसी इस्तिकलोल छन्। यी क्लबहरुबीच समूह चरणमा होम एन्ड अवे खेल हुनेछन्। जुन खेलहरु सेप्टेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछन्। तर म्याच डे खेल तालिका भने सार्वजनिक भइसकेको छैन।

अल नासरमा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले खेल्न थालेको चार वर्ष हुन लागिसकेको छ। रोनाल्डोले यो सिजन क्लबसँगको सम्झौता थप गरेका थिए। त्यसैले रोनाल्डो एफसी गोआविरूद्धको खेलका लागि भारत आउने सम्भावना छ। फिट रहेमा उनी भारत आउनेमा धेरै फुटबलप्रेमीको आसा छ।

AFC-Cl2-1755247538.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here