चर्च ब्वाइज  र एनआरटी विजयी

20

काठमाडौं । एन्फा महिला लिग छनोट अन्तर्गत सोमबार भएको खेलमा चर्च ब्वाइज  युनाइटेड र एनआरटी विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चर्च ब्वाइजले एफसी रियललाई ६–० ले हरायो ।

चर्च ब्वाइजले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । चर्च ब्वाइजका लागि सुजाता पालुङवा र आसिका थापाले समान २ गोल गरे भने मनिता तुमरोक र वर्षा ओलीले समान एक गोल गरिन् ।

सुजाले छैटौं र २२औं मिनेटमा गोल गरिन् भने आसिकाले १६औं र ४४औं मिनेटमा गोल गरिन् । मनिताले पनि २२औं मिनेटमा गोल गरिन् भने वर्षाले ६८औं मिनेटमा गोल तपिन् ।

सुजाता खेलको प्लेयर अफ द म्याच घोषित भइन् ।

यस्तै दोस्रो खेलमा एआरटीले नेपाल खेलकुद क्लबलाई ३–१ ले हरायो । चारै गोल दोस्रो हाफमा भएको खेलमा एनआरटीले एक गोलले पछि परेको स्थितीमा पुनरागमन जित हात पारेको हो ।

नेपाल खेलकुद क्लबकी यशोदा कुमारी चिरालले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर सजिना स्याङतानले ७२औं मिनेटमा एनआरटीका लागि बराबरी गोल गरिन् ।

प्रतीक्षा ठकुरीले ८१औं र संगिता कुमारी मल्लले ८४औं मिनेटमा गोल गरेपछि एनआरटीले जित हात पार्‍यो । प्रतीक्षा प्लेयर अफ द म्याच समेत घोषित भइन् ।

तस्बिर : एन्फा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here