एमालेको जन्म हुनुभन्दा अघिदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी

18

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको जनाएकी छिन्।

बिहीबार सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जनाएकी हुन्।

‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु। म पनि राजनीतिक दलसँग आबद्ध भएर, हामी सुरु हुँदा नेकपा एमाले भन्ने जन्मिसकेको थिएन,’ भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो। हामी त्यसको सम्पर्कमा थियौं। विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो। त्यो हुँदै माले भयो। माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं।’

उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि जनाइन्। माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) भएको भण्डारीको धारणा छ।

त्यस्तै भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याएकी छन्। मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो बनेर बसिरहेको जनाइन्।

उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन। पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए। संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन्। तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ। के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन।

उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न उठाइन्। जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here