सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध रिट दायर

25

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते टेलिग्राम बन्द गर्न निर्देशन दिएको थियो। प्राधिकरणले त्यतिबेला जारी गरेको निर्देशनलाई खारेज गरी परमादेश, प्रतिषेध लगायतको मागदाबी गरेको छ।

टेलिग्राम बन्द गर्ने निर्देशनलाई कार्यान्वयन नगर्न/नगराउन भनेर अन्तरिम आदेश समेत माग गरिएको छ।

त्यस्तै यो मुद्दालाई प्राथमिकतामा राख्न भन्दै निवेदकले अग्राधिकारको समेत माग गरेको छ।

Ncell 2

निवेदकले प्राधिकरणले जारी गरेको सूचना/निर्देशक संवैधानिक व्यवस्थाहरूसँग बाँझिएको दाबी गरिएको छ।

उक्त निर्देशक मौलिक हक विपरीत भएकाले खारेज हुनुपर्ने भनिएको छ।

यस्तै विद्युतीय कारोबार ऐनको दफा ४३ विपरीत समेत रहेको उल्लेख गरिएको छ।

निवेदकले प्रधानमन्त्री कार्यालय, गृह, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here