काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा ०८३ साल वैशाख १० गतेदेखि सञ्चालनगर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिष्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा आगामी असार दोश्रो साताभित्र र कक्षा १२ को नतिजा ०८३ को साउन १५ गतेभित्रमा सार्वजनिक गरिने भनिएको छ ।
सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्नेगरेको छ ।


















