एस पार्टीका वरिष्ठ नेता वामदेव गौतम धनगढी जाने

16

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतम सुदूरपश्चिमको राजधानी धनगढी जाने भएका छन् ।

समाजवादी जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी पुग्न लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए ।

गौतमले शनिबार धनगढीमा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने छन् ।

नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिरका जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्न निस्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here