सामाजिक सञ्जाल बन्द हुने भएपछि बालेनले लेखे भावुक स्टाटस्

17

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जाल बन्द हुनेपछि फेसबुमा भावक स्टाटस लेख्दै सपनामा भेट हुने जनाएका छन्।

पटक–पटकको आग्रपछि पनि नेपालमा दर्ता हुन नआएपछि बिहीबार सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

त्यसको विरोध गर्दै बालेनले एक भावकु स्टाटस लेखेका हुन्। उनले भनेका छन्– ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि।’

यस्तो छ बालेनको स्टाटस्

भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here