कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको निर्मम हत्या

16

काठमाडौं । जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको निर्मम हत्या गरेको छ।

उक्त समूहको आक्रमणबाट कोटेश्वर प्रभागमा कार्यरत तीजना प्रहरीको ज्यान गएको हो।

प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेर सडकमा निकालेका थिए ।

आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेर हत्या गरेको प्रत्यक्षदर्शीहरू बताएका छन्।

कोटेश्वर प्रभागमा कार्यरत तीनाजना प्रहरीको निर्मम हत्या गरिएको जानकारी प्रहरी मूख्यालय नक्सालले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here