संसद बिघटन गर्न मेयर बालेनकाे माग

24
काठमाडौं । कामनपाका  मेयर बालेन शाहले जेनजीले अन्तरिम सरकार प्रमुखमा प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई तत्काल अन्तरिम सरकार गठन गर्न र संसद् विघटन गर्न पनि आग्रह गरेका छन्।
उनले जेनजी पुस्तालाई कार्कीको प्रस्तावले उनीह‍रूको परिपक्वता झल्किएको भन्दै सराहना पनि गरेका छन्।
उनले धरानका मेयर हर्क साम्पाङतर्फ लक्षित गर्दै हतार नगर्न पनि आग्रह गरेका छन्।
अन्तरिम सरकारले देशको चुनाव गराउने र नयाँ जनादेश दिने भएकाले कार्कीको प्रस्ताव सुझबुझपूर्ण भएको पनि उनले लेखेका छन्।
यस्तो छ बालेनको स्टाटस:
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।
सम्माननिय रास्ट्रपति ज्यु ,
Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here