केरलमा फे‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु

8

एजेन्सी । भारतकाे केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न  भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, विपक्षी गठबन्धन यूडीएफले महामारी फैलिँदा पनि सरकारले वैज्ञानिक रूपमा ठोस स्पष्टिकरण दिन नसकेको जनाएको छ।

विधानसभामा आईयूएमएल नेता एन. शम्सुद्दीनले यो रोग तीव्र गतिमा फैलिरहेको दाबी गर्दै तिरुवनन्तपुरम, कोल्लम, मलप्पुरम, त्रिशूर र पालक्कडलगायतका जिल्लामा संक्रमित भेटिएको बताएका छन्।

तर, केरल सरकारको भनाइ अनुसार यस विषयलाई अत्यन्तै गम्भीरताका साथ हेरेर आवश्यक स्वास्थ्य सुरक्षा कदम चालिएको छ।

विपक्षी आरोपलाई अस्वीकार गर्दै वामपन्थी विधायक टी.आई. मधुसूदननले पिनराई विजयन नेतृत्वको सरकारले सार्वजनिक स्वास्थ्यलाई सर्वाधिक प्राथमिकता दिएको बताएका छन्।

यद्यपि, लगातार बढ्दो घटनालाई ध्यानमा राख्दै स्वास्थ्य विभागले यस रोगबारे विशेष निर्देशिका जारी गरिसकेको छ।

रोग के हो ?

यो रोगलाई चिकित्सकीय भाषामा प्राइमरी अमीबिक मेनिङ्गोइन्सेफलाइटिस (पीएएम) भनिन्छ। यसको प्रमुख कारण निग्लेरिया फावलेरी ( नामक अमीबा हो।

यो दुर्लभ तर अत्यन्त घातक दिमागी संक्रमण हो। प्रायः पौडी खेल्दा वा दूषित पानीमा डुब्दा यो अमीबा नाकमार्फत शरीरमा पस्छ र त्यसपछि दिमागमा पुगेर ऊतक नष्ट गर्छ।

यसका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, तीव्र टाउको दुखाइ, घाँटी दुख्ने, बेहोस हुने, दौरा पर्ने, कोमामा जान जस्ता देखिन्छन्।

संक्रमण कसरी हुन्छ?

विशेषगरी तातो पानी भएका तालाब, पोखरी वा दूषित स्वीमिङ पूलमा यो अमीबा भेटिन्छ। प्रदूषित पानी नाकमार्फत प्रवेश गर्दा यो रोग लाग्छ।

त्यसैले विशेषज्ञहरुले दूषित वा संक्रामक पानीमा पौडी नखेल्ने, पौडी खेल्दा नाक–मुखमा पानी नपस्ने गरी ध्यान दिने, स्वीमिङ पूलमा नियमित रूपमा क्लोरिन प्रयोग गर्न सुझाव दिएका छन्।

यस रोगको मृत्यु दर झण्डै ९७ प्रतिशत रहेको अनुसन्धानहरूले देखाएका छन्। अमेरिकी सिडिसीका अनुसार, सन् १९७१ देखि २०२३ सम्म विश्वका विभिन्न देशमा संक्रमित भएका मध्ये केवल ८ जना मात्र बाँच्न सफल भएका छन्।

यदि रोग सुरु भएको २४ घण्टाभित्रै पहिचान भयो भने केही हदसम्म उपचार सम्भव हुन्छ। एण्टिमाइक्रोबियल औषधिहरू प्रयोग गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here