अर्थमन्त्री र एडीबीका देशीय निर्देशकबीच भेटवार्ता

21

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नो कोस्वाबीच सोमबार भेटवार्ता भएको छ। बैठकमा नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका विषयमा छलफल गरिएको छ।

अर्थमन्त्री खनालले प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गर्ने र युवाको चाहना अनुसार सुशासन तथा रोजगारी सिर्जना गर्ने वर्तमान सरकारको प्रतिबद्धता राखेका छन्। उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी र विभिन्न विकास आयोजना क्षेत्रमा एडीबीको महत्त्वपूर्ण भूमिका उल्लेख गर्दै चालु आयोजना निरन्तरता दिने आश्वासन दिएका छन्।

एडीबीका निर्देशक कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी दिएका छन्। बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा समेत उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here