काठमाडाैं । दशैँ र तिहारको समयमा उच्च रक्तचाप र मधुमेहको उतारचढाव हुने प्रबल सम्भावना भएको हुनाले लायन्स जोन २४ अन्तर्गतका क्लबहरु र तँलाछि टोल सुधार समाजको संयुक्त आयोजनामा काठमाडौं २५ नं वडाका स्थानीयहरुको बृहत मधुमेह र रक्तचाप जाचँ शिबिर सम्पन्न भएको छ ।
चाडपर्बको अवसरमा सो कार्यक्रम लायन्स/लियो क्लब अफ काठमाडौं ब्लडहुड, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउन,लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्याली र लायन्स क्लब अफ काठमाडौं मेट्रो होमको संयुक्त आयोजनामा र तलाछि टोल सुधार समाजको आयोजनामा भएको हो। कार्यक्रम संयोजक जिबेश श्रेष्ठको अनुसार यस समाजबाट बिभिन्न कार्यक्रम गर्दै आएको र भबिष्यमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।
काठमाण्डौं वडा नं २५ तँलाछि स्थित तँलाछि टोल सुधार समाजबाट १०१ जना स्थानीयहरुको निशुल्क मधुमेह र रक्तचाप जाचँ गरिएको छ। कार्यक्रममा उल्लेख्य स्थानीयहरुको सहभागी भइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ । सो कार्यक्रममा अतिथि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ ” के” आइडल चिफ लायन् सुरेन्द्र श्रेष्ठ,अतिथी चिफ एड्भाइजर लायन् मुना थापा,एरिया लिडर लायन् चूडामणि सिलवाल, GMT कोर्डिनेटर लायन् गणेश जि.सी.अतिथीमा लायन्स इन्टरनेशनल ३२५ “के” का डिर्पाटमेन्ट को चिफ लायन् राजेन्द्र महर्जन ,अतिथिहरु लायन्स इन्टरनेशनल ३२५ के का डिस्ट्रीक AOG लायन् मचाकाजी महर्जन, डिस्ट्रिक चियरपर्सन लायन् धुर्ब प्रसाद घिमिरे,लियो क्लब अफ काठमाडौँ ब्लडहुडका संस्थापक अध्यक्ष लायन् हिना सिंह ,ब्लडहुड अध्यक्ष लायन् बिकेश श्रेष्ठ साथै बिभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा तँलाछि टोल सुधार समाजका कोषाध्यक्ष सन्नी महर्जनले समाजबाट हरेक महिनाको पहिलो शनिबार सामाजिक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आएको र लायन्सबाट समय समय सहकार्य गर्दै आएको र भबिष्यमा यस्तै साथ र सहयोगको आशा गर्दछु भनि कार्यक्रम समापन गर्नु भएको छ ।
महर्जनले लायन्सहरुको समुहले यस्ता कार्यक्रमहरु गर्दै आएकोले धेरै ने खुसी रहेको पनि बताउनु भयो। ब्लडहुडका संस्थापक अध्यक्ष राजिब श्रेष्ठ र जोन २४ का जोन चियरपर्सनका अनुसार अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले लायन्स र समाजको को संयुक्त आयोजनामा कार्यक्रम गरि १०१ जनालाई सेवा प्रदान गरि पाटन अस्पतालका डाक्टर सन्जय मर्हजन बाट सबै सहभागीहरुलाई रोग तथा बिभिन्नको बिष्तृत जानकारी गरी सबैको अमूल्य योगदान गर्नु भएकाहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा समाज सेबी शान्त रत्न महर्जन, बिकास श्रेष्ठ, सोम राज मानन्धर,दिव्य राज बज्राचार्य, राजेश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो। जोन चियरपर्सन राजिब श्रेष्ठ ले यस्ता कार्यक्रमले युवाहरुमा हौसला प्रदान गरेको र आफुहरुले पनि समाजमा केहि सकारत्मक कार्य गर्न हौसला मिलेको कार्यक्रममा जानकारी गराए।
अन्तिममा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड का भुपु अध्यक्ष र डिपार्टमेन्ट को चिफ लायन् राजेन्द्र महर्जन बाट सम्पुर्ण उपस्थित मनकारी सहभागीहरु,कर्मशील तथा मेहेनती युवाहरु तथा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई र तँलाछि टोल सुधार समाजका परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्नु भयो र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लिएर आउने बताउनु भयो।