मातृभाषा नीति अनुरूप १२ कक्षा सम्म अनिवार्य गराउन ध्यानाकर्षण

23

काठमाडौं । मातृभाषाका अभियानन्ताहरुले आज नव नियुक्त शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्री डा. महाबिर पुनसंग  केशर महलमा भेटघाट गरेका छन् ।

भेटघाटका मूख्य विषयमा कक्षा १ देखि ८ सम्मको स्थानिय विषय स्थानिय भाषामै पढाउनु पर्ने र ९ देखि १२ कक्षा सम्मको पाठ्यक्रममा पनि नेपाली, अंग्रेजीका साथै एउटा स्थानिय मातृभाषा पनि समाबेश गराउनु पर्ने रहेको छ ।

मातृभाषा अभियन्ताहरुमा नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर, नेवाः विद्यार्थी युनियनका संस्थापक अध्यक्ष रिदेन महर्जन, मनिश कुमार श्रेष्ठ, सुकुन्दा साहित्य पालाका अध्यक्ष  प्रशान्त डंगोल तथा, नेवाः मिसाः दबू टाेखा नगर कमिटीकी अध्यक्ष सुमित्रा महर्जन, सम्पदा अभियान्ता विनोद खड्गीले मन्त्री पुनको कार्यकालको सफलताको कामना पनि गर्नु भयो ।

विद्यालय तहमा स्थानिय मातृभाषाको पठनपाठन सम्बन्धी मन्त्री पुन र वहाँका शिक्षा सल्लाहकारहरुले पनि सकारात्मक रुपमा लिनु भएको थियो ।

नेपालकाे संविधान, ऐन,  बहुभाषिक नीति अनुरुप  मातृभाषा शिक्षा लागू गराउनका लागि मातृभाषा अभियान्ताहरुले  लामाे समयदेखि आवाज उठाउँदै आइरहनु भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here