काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिका-२१ बस्ने ३५ वर्षीय बसन भन्ने मानसिंह गुरूङको सोही महानगरपालिका-२१ देवदर्शनस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्युठान, स्वर्गद्वारी नगरपालिका-४ सातमारे डेरा गरी बस्ने दाङ घोराही उपमहानगरपालिका-२ रामपुर घर भएका भिम बहादुर परियारको छोरा ८ वर्षीय विनोद परियारको घर नजिकै रहेको पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, सप्तकोशी नगरपालिका-१० गंगाजली नहरमा डुबेर सोही ठाउँ बस्ने प्रथम सदाको छोरा १२ वर्षीय बिशाल सदाको शनिबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा नहरमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















