ओली र लेखकविरुद्ध जोहरी दर्ता नगरेपछि जेनजीले बढाए दबाब

18

काठमाडौं। प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकका विरुद्ध जोहरी दर्ता नगरेपछि जेनजी अगुवाले दबाब बढाएका छन् ।
हामी नेपालका अध्यक्ष समेत रहेका सुदन गुरुङसहित मृतकका परिवारले जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् । प्रहरी स्रोतका अनुसार बुधबार ओली र लेखकविरुद्ध जोहरी लिएर गुरुङसहित  मृतकका आफन्त  काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने बताएपछि उनीहरु झोक्एिका थिए ।

त्यसपछि बाहिर प्रहरीबिटहरुमा प्रहरीमाथि नै आक्रमण हुन सक्ने आकलन गर्दै  प्रहरीले आन्तरिक सुरक्षा बढाएको छ । जेनजी आन्दोलपछि थोरै सँख्यामा उपत्यकाका बिटमा रहेका प्रहरीलाई माथिल्लो तहका वृतमा फिर्ता गराएको प्रहरी स्रोतले जनाएको छ ।

अहिले काठमाडौंका सडकमा समेत प्रहरीको उपस्थिति देखिएको छैन । सम्भावित जोखिमका विषयमा अहिले प्रहरीले आन्तरिक रणनित बनाउन लागेको जनाइएको छ ।

उसो त, अहिले पनि जेनजी आन्दोलनमा ज्यान गुमाएका आफन्त जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका छन् । उनीहरुसँगै प्रहरी कार्यालय छिरेका गुरुङ भने भर्खरै मात्रै प्रहरी कार्यालयबाट निस्किएका छन् ।

साथै उनले आफूले सडकबाट देखाइदिन्छु भन्दै प्रहरीलाई धम्काएको भन्दै आएका समाचारको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here