काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-४ लोलाङ हाईट डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१३ बसन्तपुर घर भएका ५५ वर्षीय आफुल महर्जन आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, जहदा गाउँपालिका-५ केवरतटोल बस्ने ६० वर्षीय सतन महतो घर नजिकै रहेको पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी, मालिका गाउँपालिका-६ छ्याछ्यारेस्थित दरवाङ म्याग्दी खोला हाईड्रोपावरको आउटलेट सुरूङ अगाडि सोही गाउँपालिका-६ उपल्लो दरवाङ बस्ने ६२ वर्षीय सुबिलाल केसी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















