काठमाडौं । चलचित्र विकास बोर्डले शुक्रवार एक विशेष कार्यक्रमका बीच १ सय ७८ जना चलचित्र लाई परिचयपत्र वितरण गरेको छ ।
विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती फिल्महरूलाई बोर्डले सम्मानपूर्वक परिचय–पत्र प्रदान गरेको हो ।
बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक १ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीहरूका लागि ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा थालेको छ ।
उक्त अवसरमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यी हुन् चलचित्रकर्मी परिचय पत्र प्राप्त गर्ने कलाकारहरु
https://drive.google.com/file/d/1FEQW75JHUZddqccCiJNJpfZqUw71X9ca


























