काठमाडौं । रुपन्देही, देवदह नगरपालिका-९ भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक देवदह नगरपालिका-५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, नरहा गाउँपालिका-३ चोहर्वास्थित सडकमा मधेश प्रदेश ०१-००१ ज ०११२ नम्बरको विङ्गरले स.२ प ९५३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्नमा गाउँपालिका-३ बस्ने ५० वर्षीय बच्चु महतो कोईरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अनुराधा हेल्थकेयर अस्पताल नयाँ चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















