मेयर बालेन शाहले माघ ४  गते राजीनामा दिने

13

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४  गते राजीनामा दिने भएका छन् ।

बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए ।

‘मेयर साबले आन्तरिक तयारी गरिरहनु भएको छ, महानगरबाट माघ ४ गते राजीनामा दिएर उहाँ चुनावी प्रचारमा निस्कनु हुन्छ,’ उनका एक सचिवालय सदस्यले भने, ‘झापा –५ बाट चुनाव उठ्ने भन्ने छ, प्रचार अभियान पनि त्यहीँबाट सुरु गरेर सकभर १६५ वटै निर्वाचन क्षेत्रसम्म पुग्ने भन्ने छ।’

यो सँगै बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ।यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाब जित्दै आएको क्षेत्र हो।

उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here