कोदारी भिरमा टिपर दुर्घटना हुँदा युवाको मृत्यु

6

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना हुँदा २८ वर्षिय चालक किसिम राईको मृत्यु भएको छ।

बुधबार बिहान बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा आगलागीसमेत भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टअनुसार मण्डनदेउपुर-७ झगारपुर निवासी चालक राई टिपरको ‘स्टेरिङ’मा जलेको अवस्थामा भेटिएका थिए।

सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन्। घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए।

दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान भइरहेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here