काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर प्रयागमार्ग बस्ने ७८ वर्षीय बिष्णु नेवा श्रेष्ठको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















