गाडीको ठक्करबाट एक युवतीको मृत्यु

12

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकार छिन् ।

बिहीबार साँझ  ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार प्रदेश–३–०२–०१४ प ९६६३ स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते ताम्राकारलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here