नेकपा क्रान्तिकारी माओवादीका नेता कार्यकर्तालाई रिहा गर्न माग

90

काठमाडाैं । नेकपा क्रान्तिकारी माओवादीले अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई रिहा गर्न माग गरेको छ ।

पार्टीका महासचिव मोहन वैद्य किरणले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्ताहरु अमीर महर्जन, खगेन्द्र छन्त्याल, टेक बहादुर वि.क., जगदीश्वर महर्जन, राधाकृष्ण थापा, शोभा वि.क., हरि वि.क., शंकर बोहोरा,संसेर वि.क. लगायत पक्राउ परेको उल्लेख गरिएको छ ।

क्रान्तिकारी माओवादीले दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसीे परियोजना खारेजीको माग राखी दूतावास अगाडि प्रदर्शन गरेको हो ।

‘एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराउनका लागि नेपालका प्रधानमन्त्री लगायत संसदवादी पार्टीका नेताहरुमाथि दवाव दिन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको विरोधमा प्रदर्शन गर्ने पार्टीका कमरेडहरुमाथि गरिएको दमन तथा गिरफ्तारीको हाम्रो पार्टीे घोर निन्दा तथा भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहागर्न सरकारसित जोडदार माग गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here