आज बढ्याे सुनकाे भाउ

13

काठमाडाैं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here