आइएमई लिमिटेडकाे २५ औँ वार्षिक साधारण सभा सम्पन्न

17

काठमाडौं। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज  ढकालको  अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले रेमिटेन्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन  सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो। अध्यक्ष ढकालले २५ औँ वर्षमा  व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रविधिको अधिकतम सदुपयोग गर्दै  रेमिटेन्स सेवाको थप  विस्तार तथा विविधीकरण गर्दै  आइएमईलाई  कम्पिलिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने नीति लिइने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

सभामा आइएमईका संस्थापक  अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  २५ औँ वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको बताउनु भयो ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने बताउनु भयो ।  प्रमुख कार्यकारी दिवाकर पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्‍याउन सफल रहने विश्वास पनि व्यक्त गर्नु भयो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here