काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिंङको भनिएको ‘उज्यालो नेपाल’ पार्टीको केन्द्री नेतामा तीन जना मेडिकल डाक्टर छन्।
पार्टीका ५१ जना केन्द्रीय सदस्यमा ३ जना मेडिकल डाक्टर छन्। डा अभिषेक राज सिंह, डा घनश्याम पाण्डे र डा आशुतोष विजय पन्त उक्त पार्टीमा छन्।
उनी चिकित्सा शिक्षा सुधार अभियानमा डा गोविन्द केसीसँग सुरुवातदेखि नै सक्रिय छन्। त्यसैगरी लोकमान सिंह कार्की कृत्यबिरुद्धका आन्दोलनमा पनि उनले सक्रिय सहभागिता जनाएका छन् र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अभियानमा पनि उनी अग्रभागमा थिए। एमबीबीएसका साथै हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनको विभिन्न अस्पतालमा काम गरेको अनुभव छ।
त्यसैगरी डा पन्त पनि एमबीबीएसका साथै अस्पताल व्यवस्थापनमा स्नातकोत्तर हुन्। उनी चिकित्सकका आन्दोलन ‘जेल विथआउट बेल’ र रेसिडेन्ट डाक्टरको सेवासुविधाका लागि भएका आन्दोलनमा सक्रिय रुपम सहभागी थिए।



















