विश्वकपछनोटमा पोर्चुगल आयरल्यान्डसँग २-० गोलले पराजित

13

काठमाडौं । विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो।

आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय प्यारटले गोल गरे।

दोस्रो हाफमा कमब्याक गर्ने प्रयास गरेको पोर्चुगलले खेलको ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई गुमाएको थियो। उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए। त्यसपछि पोर्चुगल थप दबाबमा परेको थियो।

यो जितसँगै आयरल्यान्डको विश्वकप सपना अझ बलियो बनेको छ। समूह ‘एफ’को शीर्ष स्थानको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here