जानकी मन्दिरमा १ सय ११ मिटर लामो विशेष चुनरी अर्पण

19

जनकपुरधाम ।  सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो विशेष चुनरी अर्पण गरिएको छ।

बिहीबार बिहान निकालेको भव्य शोभायात्रासँगै सो चुनरी विधिपूर्वक माता जानकीलाई अर्पण गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ।

भारतको गुजरात, सुरतस्थित जीन माता ट्रस्टले पठाएको उक्त चुनरी जनकपुरधाम आइपुगेपछि सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाको नेतृत्वमा मन्दिरमा चढाइएको हो। ट्रस्टले विगत केही वर्षदेखि भारत–नेपालका सयौँ मन्दिरहरूमा विशेष चुनरी अर्पण गर्दै आएको बताइएको छ।

अध्यक्ष रुंगटाका अनुसार यस वर्ष पनि विवाह पञ्चमीको प्रसंगमा श्रद्धा, भक्ति र समर्पणसहित जानकी मन्दिरमा चुनरी अर्पण गरिएको हो। विवाह पञ्चमी महोत्सवका कारण जनकपुरधाममा हिन्दू परम्परा, सांस्कृतिक झाँकी र धार्मिक वातावरण झनै उल्लासमय बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here