काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज इन्डोनेसियासँग खेल्ने भएकाे छ ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति प्रतियोगिताको यो पहिलो खेल हो । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
नेपाल र इन्डोनेसियाको महिला फुटबल टिम ६ वर्षपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । सन् २०१९ मा भएको ओलम्पिक छनोट (एसियाली क्षेत्र दोस्रो चरण) मा नेपालले इन्डोनेसियालाई २-१ ले पराजित गरेको थियो ।
त्यसेबला दुवै गोल सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । तर अष्ट्रेलियाको महिला लिग खेलिरहेकी सावित्रा यस पटक भने चोटका कारण नेपाली टिमबाट खेल्ने छैनन् ।
हाल नेपालको कप्तान समेत रहेकी सावित्राको अनुपस्थितीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कप्ताद्दी सम्हाल्नेछिन् । नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले इन्डोनेसियामा युरोपमा खेलेका खेलाडीहरु भएकोले टिम बलियो भएपनि नेपालले जितकै लागि खेल्ने जनाएका छन् ।
नेपाली टाेलीमा सावित्राकाे अभाव हुने भएका तापनि अन्य खेलाडीहरुले उनको पूरा गर्न सक्ने क्षमता रहेको छ।


















