काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
बिहीवार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग भेट गरेका हुन्। भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उनले जनाए।
आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भए पनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले राखेका उनले जनाए ।
गुरुङले मुलुकका लागि केही गर्ने भनेर आएका लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफूसमेत दुखित भएको जनाए ।
उनले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि जनाए ।
उनले भेटमा आफूले वैकल्पिक शक्तिहरू मिलेर जानुपर्ने प्रस्ताव राखेकामा लामिछाने सकारात्मक रहेको पनि बताए।
उनले आफू वैकल्पिक शक्तिहरूको एकताको प्रयासमा रहेको पनि जनाए ।


















