सुन घट्दा चाँदीकाे भाउ बढ्याे

10

काठमाडौं । साताकाे पहिलाे दिन सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ ।

आइतबार अघिल्लो दिनको तुलनामा यो मूल्य २ सयले कम हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदीको बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here