काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको जनाएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो जनाएकी हुन् ।
सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको धारणा थियो ।
मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको जनाइन् ।

















