बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस मनायाे

17
Nepal national flag. Patriotic symbol in official country colors. Illustration of Asian state flag. Vector icon

काठमाडौं । विभिन्न कार्यक्रम गरी मंगलबार आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको बसन्तपुरमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए। राष्ट्रिय झण्डाको सम्मानका लागि अग्रसर भएर दिवस मनाइएको उनले बताए। प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवसका साथै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here