जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित

16

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् ।

आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो ।

सरकारले जेनजी आन्दोलनको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला लेखक गृहमन्त्री थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here