तीन सहायक रथी उपरथीमा बढुवा

8

काठमाडाैं ।  नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्। पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका हुन्।

उपरथीमा बढुवा भएका सहायक रथी भुवन खत्रीले स्टाफ कलेज शिवपुरीको जिम्मेवारी पाएका छन्। यसअघि ६ उपरथी सरुवा हुँदा स्टाफ कलेज रिक्त थियो। उपरथीमा बढुवा भएका तीनै जनालाई शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

उनीहरुलाई पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो। यस्तै महासेनानी विजितराज रेग्मी पनि सहायक रथीमा बढुवा भएका छन्। पहिल्यै बढुवा भएका रेग्मीले दज्र्यानी चिन्ह लगाउन बाँकी थियो। ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। उनीहरुलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here