काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अहिलेसम्मकै सबैभन्दा धेरै विशेषता भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ। भविष्यमुखी डिजाइन, विलासी र इन्टेलिजेन्ट प्रविधिको समिश्रणका रूपमा यो एसयूभी बजारमा ल्याएको हो।
नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन्। यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवेरनेस र सुरक्षाका लागि लेभल-२ एडास रहेको छ।
उत्कृष्ट सुरक्षा विशेषता भएकै कारण सुजुकी भिक्टोरिसले सेफ्टी रेटिङमा ग्लोबल एनसीएपीमा फाइभ स्टार पाएको हो। उपभोक्ताको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ को अवार्ड समेत जित्न सफल भएको छ।
कम्पनीले सुजुकी भिक्टोरिस एसयूभीको सुरुवाती अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। साथै अफर मूल्यअन्तर्गत ग्राहकहरूका लागि २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ।
सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करणकुमार चौधरीले आजका आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणीय रूपमा निकै जिम्मेवार भएकाले त्यसलाई मिट गर्नेगरी सुजुकीको भिक्टोरिस बजारमा आएको बताए। सुजुकी भिक्टोरिसले सेफ्टी रेटिङमा फाइभ स्टार पाएको र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्ने सफल हुने विश्वास चौधरीको छ।

भिक्टोरिसका मुख्य विशेषताहरु-
१. इन्टेलिजेन्ट प्रविधि र मनोरञ्जनः
- थिएटर अन ह्विल्सः हर्मनद्वारा निर्मित इनफिनिटीका ८-स्पीकर प्रिमियम साउन्ड सिस्टम, जसमा डलबी एटमस ५.१ सराउन्ड साउन्ड रहेको छ।
- स्मार्टंप्ले प्रो एक्स २५.६५ सेमी (१०.१ इन्च) को टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, जसमा ३५ भन्दा बढी फिचर भएको एलेक्स अटो भोइस एआई र ओटीए अपडेटको सुविधा छ।
- डिजिटल क्लस्टर : २६.०३ सेमी (१०.२५ इन्च) को पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर।
- इन्टिरियर र डिस्प्ले : स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टममा एकीकृत गरिएको क्लाइमेट कन्ट्रोल एसी डिस्प्ले।
- हावाको शुद्धता : एक्यूआई डिस्प्ले र अटो प्युरिफाई मोडसहितको एयर फिल्टर।
२. विलासी आराम र सुविधा
- जेस्चर कन्ट्रोलमार्फत हातको प्रयोग नगरीकन डिकी खोल्न सकिने सुविधा।
- एम्बियन्ट लाइटिङः ६४ रङमा परिवर्तन गर्न सकिने कस्टमाइजेबल ब्याकलिट लाइटिङ।
- भेन्टिलेटेड सिटः ८-वे पावर एड्जस्टेबल ड्राइभर सिट र अगाडिका सिटहरूमा कुलिङ सुविधा।
- एक्टिभ कुलिङ फ्यान सहितको वायरलेस स्मार्टफोन चार्जर र मल्टिपल ग्क्द्य टाइप-सी फास्ट चार्जिङ पोर्टहरू
३. सर्वोत्कृष्ट सुरक्षा
- लेवल २ एडास, १० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर-असिस्ट फिचरहरू जस्तै- अटोमेटिक इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, र लेन किप असिस्ट।
- ६ एयरब्याग्सः सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग।
- ३६० भ्यू क्यामेराः ११ वटा फरक दृश्यहरू देखाउने हाई-डेफिनिसन क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम।
- सुरक्षा र नियन्त्रणः अल-ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र ब्रेक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक।
- स्मार्ट पार्किङः फ्रन्ट र रियर पार्किङ सेन्सरका साथ स्वचालित ३६० भ्यू क्यामेरा।
सबै प्यासेन्जर भेहिकल सेग्मेन्टमा ग्राहकहरूलाई उच्च स्तरको सुरक्षा प्रदान गर्ने सुजुकीको प्रतिबद्धता अनुरुप नयाँ भिक्टोरिसमा एरियन सेफ्टी सिल्ड उपलब्ध गराइएको छ । यस अन्तर्गत स्ट्रोङ हाइब्रिड, ईभी मोड सहितको स्ट्रोङ हाइब्रिड इन्जिन जसले उत्कृष्ट माइलेज र पर्फर्मेन्स दिन्छ। कठिन बाटोहरुका लागि अटो, स्नो र लक मोडसहित फोर वाइ फोर उपलब्ध छ।
भिक्टोरिसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेल ल्याम्प र एरो कट एलोय ह्विल्स दिइएको छ। यसको भित्री भाग ब्ल्याक र आइभोरी ड्यूल टोनमा सजाइएको छ भने ठूलो प्यानोरामिक सनरुफले क्याबिनलाई अझ फराकिलो महसुस गराउँछ।


















