जंगलमा एक युवकको शव फेला

18

काठमाडौं । दक्षिणकाली नगरपालिका–७ स्थित जंगलमा एक युवकको शव फेला परेको छ ।

जंगलको बिचमा रहेको झोलुङे पुल मुनि युवकको शव भेटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उक्त शव काठमाडौंको कुलेश्वर बस्ने रूपन्देही मायादेवी गाउँपालिका–५ घर भएका १८ वर्षीय अमर मणि चौधरीको हो ।

संकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here