काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा राज्यसत्ताको तर्फबाट भएको दमन गलत भएको जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो जनाएका हुन् ।
‘जेनजी आन्दोलनका कारण जुनखाले असर देशलाई भयो अन्तर्राष्ट्रिय इस्टिमेटअनुसार हाम्रो २ वर्षको बजेटबराबरको खर्च भएको भनिएको छ । ठूलो पुँजी पलायन भको छ- नेपालकै पुँजी । यहीँकै पुँजी भयानाक पलायन भएको छ’ उनले भने ।
महतले पुराना दलहरूले पनि कमीकमजोरी गरेको जनाए । ‘राना दलले कमीकमजोरी भएको छ । यसलाई आत्मसात गर्नुपर्छ सुधार गर्नुपर्छ दुई मत नै छैन,’ उनले भने, ‘हामीले प्रोटेस्ट गर्ने तरिकालाई पनि ध्यान दिनुपर्छ । आन्दोलनको विषयमा सरकारी संयन्त्र पनि फेल भयो । जुन आन्दोलन गर्यौँ भन्नेहरू हुनुहुन्छ उहाँहरू पनि अनुशासनमा बस्न सक्नु भएन। अनुशासन नहुँदा यस्तो घटना फेरि दोहोरिन्छ ।’

















