काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका-७ नौबिसेबाट भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-७ कुन्तावेशी बस्ने पाँचखाल नगरपालिका-१ घर भएका ३२ वर्षीय सुजन तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हिगुवापाटीबाट खटिएको बा.प्र ०३-००७ प ९२९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















