बालेन मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण

20

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सिरहाको लहानस्थित मधेशी शहीद पार्क पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन् ।

मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् ।

उनीसँग मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शालिकमा माल्यार्पण गरेका छन् ।

प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो मारिएका थिए ।

मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here