मृत अवस्थामा फेला

11

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बोहराटार मनकामना चोक डेरा गरी बस्ने गोरखा सुलिकोट गाउँपालिका-६ घर भएका ३३ वर्षीय चन्द्र बहादुर सारू मगर आफ्नै कोठा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, दुधौली नगरपालिका-११ माथिलो धनसरी बस्ने ६५ वर्षीय राम बहादुर खत्री सोही ठाउँस्थित धनसरी खोलामा रहेको झोलुङ्गे पुल छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ ओडलियास्थित मान्छे नबस्ने घरको बराण्डामा भारत सिद्धार्थनगर थाना कोतवाली लोतन ग्राम पन्चायत रमना धन्धरा बस्ने ३५ वर्षीय राम अवतार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-११ महादेवास्थित प्रतिक्षालयमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here