काठमाडौं । आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो ।
पश्चिम नेपाल हुँदै सरेको वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली भेगमा भने मंगलबार रातिदेखि नै हिमपात पनि भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद\ बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ ।


















