पूर्वराजाकाे भव्यरुपमा स्वागत

14

 

काठमाडौै। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन् ।

 

यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले जनाए ।

 

प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here