यी बैंकले घटाए ब्याज दर

15

काठमाडौं । फागुन महिनाका लागि आठ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। २० बैंकमध्ये चारले व्यक्तिगत निक्षेप मात्रै घटाएका छन् भने बाँकीको व्यक्तिगत र संस्थागत दुवै ब्याज दर घटेको छ ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ । योसँगै बैंकले अधिकतम ४.५ प्रतिशत र ३.५ प्रतिशत ब्याजदर कायम भएको छ ।

नेपाल एसबीआई बैंकले पनि ब्याजदरलाई घटाएर ०.१५ र ०.०३ प्रतिशत विन्दुले घटाएको छ । अब यो बैंकले व्यक्तिगत र संस्थागततर्फ अधिकतम ४.२५ र २.७७ प्रतिशत ब्याजदर तोकेको छ ।

सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा अधिकतम ब्याजदर ४.२५ प्रतिशत र ३.५ प्रतिशत कायम भएको छ ।

प्राइम कमर्सियल बैंक, एभरेस्ट बैंक र कृषि विकास बैंकले समान ०.१५ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.११ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

व्यक्तिगत निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा धेरै अधिकतम ब्याजदर तोक्दा हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंकले समान ५ प्रतिशत, ग्लोबल आईएमईले समान ४.७५ प्रतिशत, प्रभु र नबिल बैंकले समान ४.५५ प्रतिशत ब्याज दर तोकेका छन् ।

त्यस्तै, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले ४.५ प्रतिशत, कुमारी बैंकले ४.४३ प्रतिशत र बाँकी बैंक स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम, नेपाल एसबीआई, एभरेस्ट र सिद्धार्थ बैंकको ब्याजदर ४.२५ कायम भएको छ ।

हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंकले अधिकतम ४ प्रतिशत ब्याज दिनेगरी दर तोक्दा नबिलले ३.५५, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, कुमारी, एभरेस्ट र सिद्धार्थ बैंकको ब्याजदर ३.५ प्रतिशत रहेको छ ।

त्यस्तै, सानिमा बैंक ३.३ प्रतिशत, लक्ष्मी सनराइज बैंक र नेपाल बैंकको ३.२५ प्रतिशत, माछापुच्छ्रे र सिटिजन्स बैंकको ३ प्रतिशत तथा नेपाल एसबीआईको २.७७ प्रतिशत र प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, प्राइम कमर्सियल बैंकको संस्थागत मुद्दती निक्षेपको ब्याजदर २.७५ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here