काठमाडौं । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ स्थित मधुवन सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बल्ढेङगढीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित नवदुर्गा सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान र छर्रा बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















