‘मैले भर्खरै मात्र त्यो पत्रबारे थाहा पाएँ । त्यसमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभाग प्रमुख खनालले भने, ‘त्यो पत्र ‘फेक’ होे । हाम्रो पार्टीबाट त्यस्तो कुनै पत्र गएको छैन ।’
खनालले भारतीय गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा रास्वपाका तर्फबाट आफू र उपसभापति डीपी अर्याल सहभागी भएको कुरा भने स्वीकार गरे । ‘तर, हाम्रो पार्टीका तर्फबाट अन्य कुनै पनि प्रकारको लिखित पत्र गएको छैन,’ खनालले भने ।
चुनावको मुखमा हारको मानसिकताले अत्तालिएका शक्तिहरू रास्वपाविरुद्ध भ्रम फैलाएको उनले आरोप लगाए ।
यसविषयमा पार्टीका तर्फबाट अहिले राति नै लिखित रूपमै आधिकारिक धारणा सार्वजनिक गर्न लागेको विभाग प्रमुख खनालले जानकारी दिए ।
त्यस्तै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले पनि भारतलाई पठाइएको भनिएको पत्र सत्यता नरहेको दाबी गरेकी छन् । उनले यस विषयमा पार्टीले कुनै पनि पत्र नलेखेको बताएकी छन् ।
सार्वजनिक पत्रमा नेपालको संविधान र संघीयताको संशोधनका विषयमा भारतको चासोलाई सम्बोधन गर्ने विषयसमेत उल्लेख छ ।




















