पिसिबीका खेलाडीलाई जरिवाना

15

काठमाडौं । आइसिसी पुरुष टी– २० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आफ्नो खेलाडीलाई जरिवाना गराएको छ ।

भारत र श्रीलंकामा जारी विश्वकपमा पाकिस्तान सुपर–८ बाटै बाहिरिएको थियो । पिसिबीले विश्वकप खेलेका खेलाडीलाई जनही ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गराएको जनाएको छ ।

पिसिबीले जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको बताएको छ ।

विश्वकपको समूह ‘ए’ मा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो । यही खेलपछि खेलाडीलाई जरिवाना  लगाउने निर्णय भएको बताइएको छ ।

पिसिबीले खेलाडीकाे पारिश्रमिकबाट जरिवना काटिने छ । श्रेणी ‘ए’ का खेलाडीले प्रतिमहिना ६५ लाख, ‘बी’का खेलाडीले ४५ लाख, ‘सी’ मा रहेका खेलाडीले २० लाख र ‘डी’ का खेलाडीले १२ लाख ५० हजार पाकिस्तानी रुपैयाँ पाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here