राेल्पाबाट वर्षमान पुन विजयी

18

रोल्पा । नवनिर्वाचित पूर्वअर्थमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले जिल्लाको विकास, समृद्धि, रोजगारी सिर्जनाका लागि पहल गर्ने जनाएका छन् ।

पुनले  मतदातालाई धन्यवाद दिंदै भनेका छन्, ‘सम्पूर्ण रोल्पाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरु यहाँहरुको अमुल्य मतबाट मलाई विजयी गराउनुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’

उनले विगतमा जस्तै रोल्पाका मतदाताको इज्जत, गौरव, सम्मानलाई उच्च स्थानमा राखेर काम गर्ने जनाउँदै भनेका छन्, ‘यहाँहरुको अमूल्य मतलाई मैले देश निर्माणमा र जिल्लाको विकास, समृद्धि, रोजगारी सिर्जना गर्नका लागि आफ्नो निरन्तर उर्जाको रूपमा सदुपयोग गर्नेछु ।’

यसअघि पनि रोल्पाबाटै निर्वाचित भएका पुन यसपटक २७ हजार ४६० मतका साथ विजयी भएका छन् । १५ हजार ४५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका हुन् ।

पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन् । रास्वपाका बालराम थापाले १० हजार ८९४ मत ल्याउँदा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाए । नेकपा माओवादीका चुडामणी वलीले ३७१४ मत ल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here