काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा पहेलो पुलस्थित खोला छेउको झाडीबाट पेस्तोल १ थान, म्याग्जिन ३ थान र गोली १ सय राउण्ड मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















